विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६-६, भोजपुरमा २, ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २२ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा १३५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ८-८, बुढीगंगामा ५, बेलबारी र उर्लाबारीमा ४-४, केराबारीमा ३, रतुवामाई र कटहरीमा २-२, कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा र धनपालथानमा १-१, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा ५, रामधुनी र दुहबीमा ३-३, देवानगञ्ज र स्थानीय तह नखुलेका २-२, गढी, वराहक्षेत्र र कोशी गाउँपालिकामा १-१, झापाको बिर्तामोड र दमकमा १३-१३, कनकाईमा ११, भद्रपुरमा ८, अर्जुनधारामा ५, गौरादह र शिवसताक्षीमा ४-४, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाहृदशीमा २-२, मेचीनगरमा १, उदयपुरको कटारीमा ७, बेलकामा ३, त्रियुगा र स्थानीय तह नखुलेका २-२, चौदण्डीगढीमा १, इलामको इलाम नगरपालिकामा २, माई, मांसेबुङ, सुर्योदय र माई जोगमाईमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ६, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको फक्ताङलुङ, सङ्खुवासभाको मादी र खोटाङको दिप्रुङमा १-१ र प्रदेश १ बाहिरका २२ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १५१ महिला र १७८ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।