धरान : चौथो पानवारी भलिबल कप २०७५ मा आयोजक सयपत्री बोइज युनियन क्लब च्याम्पियन बनेको छ ।

धरान ६, सिमलचौरस्थित मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आमचोक गाँउपालिका, भोजपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक क्लब च्याम्पियन बनेको हो । आयोजकले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्यो । जितसँगै आयोजकले नगद ७५ हजार र ३० तोलाभन्दा बढी चाँदीको ट्रफी उचाल्यो । यस्तै, उपविजेता टोली भोजपुरले भने ४१ हजारमा चित्त बुझायो ।

IMG_9581

प्रतियोगिताको फाइनल खेलको म्यान अफ दि म्याच भोजपुरका रोशन बिक घोषित भए । यस्तै, वेष्ट स्पाइकर भोजपुरकै हरि पाण्डे, वेष्ट लिफ्टर आयोजकका मुस्कान लिम्बू र वेष्ट डिफेन्डर आयोजकका वसन्त राई घोषित हुदै जनही नगद ५ हजार हात पारे भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुदै आयोजक क्लबका सञ्जय बुढाथोकीले नगद १० हजार हात पारे ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवंं रापेखका सदस्य सचिव केशव विष्ट, विशिष्ट अतिथि एवं नेकपा नेता रमेश बस्नेत, मोतिराज सुनुवार, वडा ६ अध्यक्ष भुवनसिं बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता माघ ७ गतेदेखि शुरु भएको थियो ।

IMG_9587 IMG_9588