धरान: धरान आएपछि भानुचोकमा रहेको घण्टाघर प्रवेश नगर्ने सायदै कोही हुन्छन् । चाहे धराने होस वा बाहिरबाट आएका आन्तरि, बाह्य पर्यटक नै किन नहुन् । भानुचोकस्थित घण्टाघर धरानको पहिचान र प्रमुख पर्यटकीय गन्तव्य बनिसकेको छ ।

यो घण्टाघर २०६२ साल पुष २० गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो घण्टाघर हङकङमा बसोबास गरिरहेका धराने र धरानबासीहरुको आर्थिक सहयोगमा निर्माण भएको हो । घण्टाघर निर्माणमा महत्वपुर्ण योगदान दिएका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोकै अध्यक्षतामा व्यवस्थापन समिति छ । समितिको रेखदेख तथा सञ्चालनमा घण्टाघर व्यवस्थित र चिटिक्क बनेको छ । घण्टाघर त्यसैपनि आकर्षक छ भने त्यहाँ रहेको बगैचा तथा पार्कले पर्यटकहरुको मन लोभ्याउछ । घण्टाघर परिसरमा हरदम स्याहार गरेर राखिएका सुन्दर फुलहरु छन्, जहाँ पर्यटकहरु फोटो खिच्न लालयित हुन्छन् ।

ghantaghar2

घण्टाघर परिसरमा गणेश मन्दिर छ भने २०४५ सालको भुकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा भुकम्प स्मारक पनि निर्माण गरिएको छ । घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट धरानलाई नियाल्न सकिन्छ । घण्टाघरभित्र निर्माण गरिएको पक्की फलैचा भेटघाट गर्ने थलो पनि बनेको छ । कसैलाई धरानमा भेट्नु छ भने घण्टाघरमा भेटौ न भन्ने गरिन्छ । सुरक्षा एवं गलत क्रियाकलाप हुन नदिन अहिले घण्टाघरमा सिसिटिभि क्यामेरा पनि जडान गरिएको छ ।

घण्टाघरका सुपरभाइजर केशव न्यौपानेका अनुसार दैनिक सरदर डेढ सयको हाराहारीमा घण्टाघर प्रवेश गर्छन् । पार्क घुम्न मात्र १० रुपैया शुल्क तिर्नुपर्छ भने घण्टाघर चढ्न २० रुपैया शुल्क तिर्नुपर्छ । ‘दिनमा सयदेखि डेढ सय जना प्रवेश गर्छन्, उनीहरुबाट सरदर ३ हजार रुपैया उठ्छ,’सुपरभाइजर न्यौपानेले भने ।

ghantaghar5 ghantaghar7 ghantaghar4 ghantaghar3

ghantaghar1