धरान: होली मनाउने क्रममा घरेलु हतियार लिएर हिड्ने र झगडा गर्न खोज्ने युवाहरुलाई प्रहरीले धरानको विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेहरुको संख्या २१ जना पुगेको छ । आज होली मनाउने क्रममा झगडा गर्न खोज्ने, उच्छृंखलता प्रर्दशन गर्ने र हतियार बोकेर हिड्नेहरुलाई विभिन्न ठाउँबाट समातिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमध्ये करिब ५ जना हतियारसहित समातिएका छन् । उनीहरुबाट ५ वटा घरेलु हतियार पनि वरामद भएको छ । ‘विभिन्न ठाउँबाट २१ जना समातिएका छन्, झगडा गर्न खोज्ने, उच्छृंखलता गर्ने र घरेलु हतियारसहित हिड्ने पक्राउ परेको हो,’डिएसपी तिम्सिनाले भने ।

प्रहरीका अनुसार ५ वटा खुकुरी, कट्टी जस्ता साना घरेलु हतियार पनि वरामद भएको छ । पक्राउ परेकाहरुलाई फिल्टर गरेर आवश्यक कानुनी कारबाही गरिने डिएसपी तिम्सिनाले बताए । उनले भने,‘फिल्टर गरेर हतियारसहित पक्राउ परेकालाई सार्वजनिक उपद्रयाईअन्र्तगत मुद्दा चलाउछौ ।’

तस्बिर क्याप्सन: आज धरानको भानुचोकमा होली पर्व मनाउदै धराने युवायुवतीहरु ।