पथरी : शनिबार बिहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी रिना बस्नेतको रहस्यमय मृत्यु प्रकरणमा पथरी नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ ।

बस्नेतको हत्या भएको दाबी गर्दै प्रहरीले गम्भीर भएर अनुसन्धान नगरेको भन्दै पथरीबासी आन्दोलित भएका हुन् । उनीहरुले पथरी शनिश्चरे नगरपालिकामा तोडफोडको प्रयास गरेका छन् भने इलाका प्रहरी कार्यालय पथरीमा ढुंगामुढा पनि भइरहेको छ । स्थानीयबासीको आन्दोलनले पथरी बजार र पुर्वपश्चिम राजमार्ग ठप्प छ । प्रहरीले भीड नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको छ ।  

pathari-2 1

आन्दोलनकारीसँगै उपप्रमुख यमुना विष्ट पनि सडकमा उत्रिएकी छिन् । उनलाई आन्दोलनकारीले नगरपालिकाबाट लिएर आएको हो । नगरपालिकाबाट आन्दोलनकारी इलाका प्रहरी कार्यालय घेराउमा पुगेका हुन् । अहिले पथरीको अवस्था तनावग्रस्त छ । घटनाबारे स्थानीय सरकार भएर पनि नबोलेको भन्दै पथरीबासी नगरपालिकासँग पनि आक्रोशित भएका हुन् । केहीबेरअघि आन्दोलनकारी नगरपालिका घेराउ गर्न पुगका थिए ।

नगरप्रमुख र उपप्रमुख दुवैले हत्यारा पत्ता लगाउन प्रहरीलाई दबाब दिएको बताए पनि स्थानीयबासी आक्रोशित भएका थिए । प्रमुख राईले पथरीमा डिएस्पीको कमाण्डमा सुरक्षा प्रदान गर्ने तयारी भएको बताएका थिए । स्थानिय आन्दोलनकारीले पथरी प्रहरी प्रमुखका सरुवाको माग गरेका छन् । स्थिति नियन्त्रण वाहिर नजाओस भनेर पथरीमा थप सुरक्षा वल परिचालन गरिएको छ भने घटनाको अनुसन्धान गर्न प्रदेश नम्वर १ प्रहरी कार्यालय वाट अनुसन्धान टोली पथरी आएको छ ।