पथरीः रिना वस्नेतको हत्या भएको भन्दै आन्दोलित वनेका स्थानियवासी माथी प्रहरीको अश्रृग्यास प्रहार गर्दा ५ जना घाइते वनेका छन् ।

अश्रुग्यासवाट गम्भिर घाइते वनेका पथरीका सुदिप राई र गोपाल विकलाई थप उपचारका लागी विराटनगर लगिएको छ भने सामान्य घाइते वनेका जित वहादुर लावती, ज्ञानेन्द्र विष्ट र मञ्जु गौतमको पथरीकै निजी अस्पतालमा उपचार भइरहेको छ । आन्दोलित स्थानियवासीले ढुङ्गा प्रहार गरेको भन्दै प्रहरीले ३ राउण्ड हवाइ फायर र दजनौं अश्रृग्यास प्रहार गरेको थियो । पथरीको ट्राफिक विट नजिकैवाट प्रहार गरेको अश्रृग्यासले स्थानिय पथरी अस्पताल र कावेली अस्पतालमा उपचार गर्न आएका विरामी समेत प्रभावित वनेका थिए ।

सहमति पालना हुनै लाग्दा अश्रृग्यास प्रहार भयोःमेयर राई

arjun-(1)

यसैबीच पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले प्रहरीले सहमति विपरीत आन्दोलनकारी माथी अश्रुग्यास प्रहार गरेको वताएका छन् । आन्दोलनको स्वरुप परिर्वतन गर्न सहमति गर्दैगर्दा प्रहरीले आक्रोशमा आएर स्थानियवासी माथी अश्रृग्यास प्रहार गरेको राईको आरोप छ । आन्दोलनकारीलाई सम्वोधन गर्दै मेयर राईले भने, ‘स्थानिय आन्दोलनकारी र प्रहरी बीच बैठक बसेर सहमति गरेका थियौ, त्यो सहमतिको बारेमा स्थानिय आन्दोलनकारीलाई जानकारी गराउन सम्वोधन गर्ने लाग्दा प्रहरीले आश्रृग्यास प्रहार गरेर महोल भड्कायो ।’