धरान: आइयुडिपीअन्र्तगत खानेपानी आयोजनाको बस्टर स्टेशन भएको धरान १७, कुम्भीआहालस्थित अपरेटिङ हाउसमा ढुंगामुढा भएको छ ।

अपरिचित २ व्यक्तिले मध्यराती करिब १२ बजे गार्ड रहने उक्त घरमा आक्रमण गरेका हुन् । मुल गेटबाट भित्र पस्न नपाएपछि उनीहरुले ढुुंगा प्रहार गरेको गार्ड दलबहादुर बिकले जानकारी दिए । उनका अनुसार शुरुमा बोलाएर मान्छे लडीरहेको छ, किन खाना नदिएको भनेका थिए । त्यहाँ पानीबाहेक अरु केही पनि नपाउने भनेपछि ती व्यक्तिले तथानाम मुछ छाडेका थिए । ‘त्यसपछि साथीको लागि सलाम, दुश्मनको लागि यो हात फलाम भन्यो, केही होला भनेर म फर्किहाले,’उनले भने,‘त्यसपछि ढुंगा हान्न थाल्यो, हामी लुक्यौं ।’

0

ढुंगा प्रहारबाट घरको ३ झ्यालको शिशा फुटेको छ । ढुंगामुढा भएपछि स्कुटर चढेर उनीहरु भागेका थिए । घटनाबारे जानकारी पाएपछि बिहानै कार्यवाहक मेयर मञ्जु भण्डारी, वडा नं १७ का अध्यक्ष, आयोजना प्रमुखहरु घटनास्थलको अवलोकन गरेका थिए भने प्रहरीमा पनि उजुरी दिएका छन् । ‘त्यहाँको सुरक्षाको बिषयमा प्रहरीसँग कुरा भएको छ । जंगलमा भएकोले सिसिटिभी राख्ने र सिडिएमए भएपनि ल्याण्डलाइन फोन राख्न टेलिकमसँग पनि कुरा गरिएको छ,’आयोजना प्रमुख राजु पोख्रेलले भने ।

9

घटनास्थलको दिउँसो आयोजनाको अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले पनि स्थलगत अवलोकन गरेका थिए । उनले पनि भविष्यमा यसखालको घटना हुन नदिनलाई सुरक्षा संवेदनशीलता अपनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

तस्बिर स्रोत: आयोजनाको अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ