इटहरी:आगामी असार १४ गते इटहरी उद्योग बाणिज्य संघको चुनाव हुँदैछ । व्यवसायीहरु चुनाव नजिकिदै जाँदा अध्यक्षका प्रत्यासीद्धय एक अर्कामा आरोप प्रत्यारोप लगाएर चुनाव जित्ने होडमा लागेका छन् ।

निर्वाचन व्यवसायीको भएको भएपनि संघ व्यवसायीको नभई राजनीतिक दल हावी भएको विगत देखिकै इतिहास छ । व्यवसायीहरुले चुनावमा स्वतन्त्र रुपमा मत खसाल्न नपाईरहेको अवस्था पनि छ । उमेद्धवारद्धयले राजनीतिक आस्थाका आधारमा चुनावी मैदानमा आएका कारण व्यवसायीहरुले राजनीतिक दलको आधारमा मत खसाल्नु परिरहेको छ । तीन बर्ष अघिको निर्वाचनमा पनि पार्टीगत हिसाबबाटै निर्वाचन भएको थियो । यो पटक कांग्रेसको तर्फबाट व्यवसायी भीम पौडेल अध्यक्ष पदमा होमिएका छन् भने नेकपाका तर्फबाट शैलेस विष्ट अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु एक अर्काले आरोप प्रत्यारोप लगाएर चुनाव जित्ने दाउमा रहेको कुरा बिद्यमान छ ।

उनीहरुको आँफुहरुले चुनाव जित्ने आ–आफ्नै योजना पनि छन् । त्यसो छ अहिले इटहरीका चिया पसलहरुमा पौडेल पक्ष र बिष्ट पक्षका मानिसहरु गफिरहेका भेटिन्छन् । उनीहरुले दुवैजनाको प्रतिष्पर्धामा आफ्ना उमेद्वारले चुनाव जित्ने दाबी गर्दै आएका छन् । त्यसो त पौडेल र विष्ट पनि एक अर्का दुबैमा कमजोर भने छैनन् । उनीहरु दुवैजना आँफूलाई अब्बल रुपमा व्यवसायीको परिचय बनाइसकेका ब्यक्ति हुन् ।

चुनावको मिति नजिकिदै गर्दा दुवै पक्षले आरोप प्रत्यारोप लगाइरहँदा फर्म दर्ताको नयाँ लफडा पनि शुरु भएको छ । शनिबार पौडेल पक्षधरका व्यवसायीहरुले फर्म दर्ता गराउन जो गएपनि हुने यस अघिको नियमलाई उलंघन गर्दै बहुमतको आधारमा अहिलेका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी शैलेस बिष्टको टिमले आफूहरुलाई पेलेको पौडेल पक्षको आरोप पनि छ । कांग्रेसको तर्फबाट अध्यक्षको उमेद्द्धारी दिएका भीम पौडेलले अहिलेको बर्तमान कार्यसमितिले व्यवसायीहरुलाई दर्ता गर्नका लागि बन्देज लगाएको आरोप लगाए । उनले भने,‘हामी कार्यसमितिमा भएको भएपनि अल्पमतका कारण पछाडि परेका छौँ, जहाँ पनि बहुमतकै कदर हुन्छ । दर्ता प्रक्रिया बन्द हुँदा त चुनावको महत्व पनि भएन नि ।’

पौडेलका अनुसार व्यवासाय रिन्यू गर्नका लागि स्टाफ गएपनि हुने यसअघिको नियम बहुमतले उल्लघंन गरेको कारण व्यवसायीहरु समस्यामा रहेको सुनाए । उनले एकाघर परिवारको सदस्यले नै दर्ता गर्न नपाउनुले चुनावको महत्व हराउने प्रतिक्रिया दिए । उनले भने,‘व्यवसाय भनेको त स्टाफले कम्पनी चलाउने हो । एकाघरपरिवारको सदस्यले अरुलाई दर्ता गराउन पठाउँदा नमान्ने भन्ने भएको छ ।’ उनले आँफूले तीन दशक अगाडिबाट व्यवसाय गरेको बताए ।

Itahari-Udhyog-banijya

यता, वर्तमान समितिका बरिष्ठ उपाध्यक्ष तथा नेकपा प्यानलबाट अध्यक्षको उमेद्धारी दिएका शैलेस विष्टले जे पहिला सिस्टम थियो त्यहि भएको प्रतिक्रिया दिए । उनले भने, ‘पहिलाको सिस्टम जे हो त्यहि भएको हो, तर साथीहरुले चुनावी योजना बनाउँदा एउटै मान्छेले सयौँ फर्म भर्न पाउनुपर्छ भन्ने कुरा छ ।’ नवीकरण गर्नका लागि जेष्ठ १० गते सम्मको समय रहेको बताउँदै उनले आफ्नो चुनावी योजनाको बारेमा इटहरी उद्योग बाणिज्य संघको विभिन्न पदमा रहेका कारण उवासंघलाई नजिकबाट चिनेको बताए ।

विष्टले भने,‘व्यवसायीको समस्या नजिकबाट चिनेको छु, व्यवसायीको सुरक्षाको दृष्टिकोणले हामीले सीसी क्यामेरा पनि फिट गरेका छौँ, अब बाँकी रहेका काम गर्नका लागि मेरो उमेद्धारी हो । उद्योगी व्यवसायीले खोजेको समयमा मलाई भेट्नुहुनेछ ।’ यसरी दुवै अध्यक्षका प्रत्यासीले आँफू कमजोर नरहेको तर्क गरेको भएपनि अन्य व्यवसायीहरु भने यतिबेला उद्योग बाणिज्य संघ व्यवसायीको हो कि पार्टीको कार्यकर्ताको हो भन्ने विषयमा बहस गर्न थालेका छन् ।