धरान: प्रहरीले धरान क्षेत्रबाट हतियारसहित लुटेरालाई पक्राउ गरेको छ । आज रातभर अप्रेशन गरेर प्रहरीले लुटेरा पक्राउ गरेको हो ।

प्रहरीले २ थान पेस्तोल र २६ राउण्ड गोलीसहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ । तर, प्रहरीले हतियारसहित पक्राउ परेको पुष्टि गरेपनि विस्तृत जानकारी भने दिएको छैन । पक्राउ परेकाहरुलाई आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पत्रकार सम्मेलनमा सुनसरी प्रहरी प्रमुख तथा एसपी पनि धरान आउने प्रहरी स्रोतले जनाएको छ ।

केही साताअघि धरान ४ बाट एक वित्तिय संस्थाको किस्ता संकलन गरेर आउदै गर्दा कर्मचारी लुटिएका थिए । उनीमाथि गोली प्रहार भएको थियो । पक्राउ परेकाहरु सोही घटनामा संलग्नहरु हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले लुटेराहरु पक्राउ गर्न नसकेको आलोचना भइरहदा हतियारसहित पक्राउ गर्न सफल भएको छ । हिजो बिहान पनि मर्निङवाकमा हिड्ने महिलाको सुनको सिक्री लुटेर भाग्ने २ जना पक्राउ परेको थियो ।

तस्बिर स्रोत: गुगल