धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देशमा आज असार १५ को रोपाईमा नेपालीहरु रमाए ।

कृषि प्रधान देश भनिएपनि पछिल्लो समय खेतीयोग्य जमिन प्लटिङले सकिदैछ । अब खेतीपाती एकादेशको कथा जस्तो हुन लागेको छ । उत्पादन बर्षेनी घट्दो छ । उत्पादन नभएपछि दैनिक उपभोग्य खाद्यान्न पनि विदेशबाट मगाउनुपर्ने अवस्था नेपालको छ । यो अवस्थालाई हटाउन र कृषिमा युवाहरुलाई आकर्षित गर्न धरानको पानवारीमा विगत ५ बर्षदेखि रोपाई महोत्सव आयोजना भइरहेको छ ।

सधैं झैं यसपाली पनि सहभागी कृषि सहकारी संस्थाले पाँचौ धरान रोपाई महोत्सव आयोजना गरेको थियो । यसपटक माथिल्लो पानवारीमा होमनाथ भुर्तेलको करिब ३३ कट्ठा खेतमा सामुहिक रोपाई आयोजना गरिएको थियो । रोपाईको उद्घाटन कार्यवाहक मेयर मञ्जु भण्डारीले गरेकी थिइन् । रोपाईमा धरानबाट विभिन्न विद्यालय र मन्टेश्वरीका विद्यार्थीहरु लगिएको थियो । विद्यार्थीहरुले हिलोसँग खेल्दै र रोपाई गरेर रमाइलो गरेका थिए ।

IMG_9211

आयोजक संस्थका अध्यक्ष इश्वर लामिछानेले कृषि पर्यटनको सम्भावना भएकोले उपमहानगरले आवश्यक योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले प्लटिङ रोक्ने नीति ल्याउन र युवाहरुलाई कृषिमा लाग्न प्रोत्साहन गर्न पनि आग्रह गरे । कार्यवाहक मेयर भण्डारीले विज्ञहरुको टोली बनाएर आवश्यक अध्ययन गर्ने बताइन् ।

IMG_9209 IMG_9238 IMG_9195 IMG_9226 IMG_9255 IMG_9269 IMG_9291