मुम्बई : अभिनेत्री आलिया भट्टसँग अहिले फिल्मको लाइन नै छ । अहिले उनी सडक(२ को सुटिङ गरिरहेकी छन् । यसको साथमा करण जोहरको ‘ब्रह्मास्त्र’ र ‘तख्त’ तथा सञ्जय लीला भन्सालीको ‘इन्शाअल्लाह’ पनि उनको पोल्टामा छ । इन्शाअल्लाहमा आलिया पहिलो पटक सलमान खानको अपोजिटमा देखिँदै छिन् ।

alia-bhatt-pic

हालै आलियाले यो फिल्म साइन गरेपछि खुसी व्यक्त गरेकी छन्। एक अन्तर्वार्तामा आलियाले यो फिल्म गर्न पाउँदा आफूलाई साह्रै खुसी लागेको प्रतिक्रिया दिएकी छन् । छिट्टै ‘इन्शाअल्लाह’को सुटिङ सुरु हुँदैछ । आलिया सञ्जय लीला भन्साली, सलमान खान, रणवीर कपुर, अयान मुखर्जी, अमिताभ बच्चन र पिता महेश भट्टजस्ता स्टारसँग पहिलो पटक काम गर्दै छिन् ।