धरान: नायिक स्वेता खड्काले चितवन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रवि लामिछानेलाई भेटेपछि न्याय नडगमगायोस् र जे भएको हो, त्यही देखियोस् भन्ने कामना गरेकी छिन् ।

उनले केहीबेर अघि फेसबुकमा स्टाटस पोष्ट गर्दै यस्तो कामना गरेकी हुन् । रविलाई भेटेको प्रसंग र केही बर्षअघि आफुले रविको बारेमा पोष्ट गरेको फेसबुक स्टाटसपछि पाएको आलोचनाबारे पनि नायिका खड्काले प्रसंग उल्लेख गरेकी छिन् । साथै, उनले मृतक पत्रकार शालिकराम पुडासैनीकी पत्नी र रवि लामिछानेकी पत्नीले पनि न्याय पाउनुपर्ने धारणा राखेकी छिन् । नायिक खड्काको फेसबुक स्टाटस यहाँ जस्ताको तस्तै राखिएको छ:

'यो अँधेरो केहिबेरको लागी मात्र हो , भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ दृश्य छर्लङ्ग देखिनेछ' आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो ।

कसुर सावित नभएता पनि कसुरवार सरह जिवन यापन गरिरहेका रवी दाइसंगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न भ्याउनुभयो । म, रवी दाईसंग जेल भित्र २ मिनेटको भलाकुसारी गरिरहंदा बाहिर उनै रवी दाईको समर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अवरोध खडा गरिरहेको थियो । ३६ डिग्री को उग्रतापमा गुन्जिरहेको'हाम्रो देश, हाम्रो रवी, प्राण भन्दा प्यारो छ' भन्ने आवाजलाई म स्पस्ट सुनिरहेको थिएँ । त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो ।

निश्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठुलो टोली रवी दाईलाई भेट्न गएका थियौ । रवी दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो द्रुश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भएको थियो । त्यती खेरै मैले सम्झें, केहि बर्ष अगाडी मैले रवी दाईको बारेमा सम्प्रेशण गरेको लेख । रबी लामिछाने जस्ता न्यायिक ब्यक्तिको पक्षमा लेखिएको मेरो त्यो लेखको शिर्षकभित्र लुकेको भावलाई नपढी धेरै ब्यक्तीले मलाई नकारात्मक प्रतिकृया दिए । मलाई अपाच्य हुनेखालका अपशब्दहरु प्रयोग गरिए । तर म, सँधै न्याय र सामाजिक हितको पक्षमा उभिने एउटी अवला नारी ।

मैले आजसम्म कुनै राजनैतिक दलको सदस्यता लिइनँ र कुनै ब्यक्तिलाई कुनै एउटा राजनैतिक दलको कार्यकर्ताको रुपमा ब्यवहार वा सोही अनुरुपको संगत गरिंन । मलाई मानवियता भन्दा कुनै दल, धर्म वा वर्ग ठुलो छ जस्तो कहिल्यै महुसुस भएन । जतिखेर मैले 'रवी लामिछाने दाई जस्तो असल व्यक्ति सतिले सरापेको यो देशमा काम छैन र उहाँलाई टुँडिखेलमा लगेर फाँसी दिईनुपर्छ'भन्ने लेख सम्प्रेशण गरेको थिएँ, त्यो बेला नेपाली कांग्रेसको सरकार थियो, र मलाई त्यसबेला कांग्रेसका झोलेहरुले नेकपा एमाले या माओवादीको दिएका थिए ।

आज, रवी दाईलाई चितवनामा भेटेर फर्किरहँदा यतिखेर नेकपा को सरकार छ । अब म ढुक्क छु, मलाई नेकपाका केहि झोले कार्यकर्ताहरुले अब नेपाली काँग्रेस वा राजावादी दलको वात लगाउनेछन । मलाई कहिले काँग्रेस, कहिले एमाले या माओवादीका साथै राजावादी दलको सकृय कार्यकर्ताको वात लाग्नु कुनै नौलो पनि रहेन । यदी राम्रो मान्छेलाई हाम्रो मान्छेु को रुपमा लिंदा कुनै दल वा वर्गको आरोप लाग्छ भने म त्यो आरोपलाई सहर्श स्विकार गर्न तयार रहन्छु । मलाई आरोपका कुनै कुराहरुले फरक पर्ने वाला छैन । म न्यायप्रेमी नारी, म स्वतन्त्रताको पक्षधर । मलाई निष्पक्ष र निष्कपट छानविनको अन्तिम निर्णय मान्य हुनेछ ।

सालिकराम पुडासैनीकी बिधुवी श्रीमती सम्झना पुडासैनीको उजाड सिउँदो र रवी लामिछाने दाईकी निर्दोष श्रीमती निकिता पौडेलले पनि न्याय पाउनु पर्छ । न्याय नडगमगाओस । जे भएको हो त्यही देखोयोस , जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, बिस्वास र भरोसा ओइलाएर नजाओस । मेरो कामना ।