आलिया भट्ट लामो समयदेखि आफ्नो विवाहको विषयलाई लिएर चर्चामा छिन् । यसैबीच उनको ब्राइडल लुक सार्वजनिक भएको छ । सार्वजनिक नयाँ तस्बिरमा आलिया वैवाहिक पहिरनमा देखिएकी छिन् । यी तस्बिर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

आलियाले फेसन डिजाइनर हाउस ‘मोह’का लागि विज्ञापन खेलेकी हुन्, जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । आलिया साँच्चैकी बेहुलीभन्दा कम देखिएकी छैनन् । आलियाले नयाँ फिल्म ‘ब्रह्मास्त्र’मा अमिताभ बच्चन र रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी छिन् ।

पछिल्लो समय उनी रणवीरसँगको प्रेमसम्बन्धमा छिन् र यी दुई पहिलोपटक एकसाथ पर्दामा देखिन लागेका हुन् । मुम्बई मिररमा केही दिनअघि प्रकाशित समाचारअनुसार रणवीरले आलियाका बाबु महेश भट्टसँग भेटेका छन् ।