धरान: आगामी मंसिर १४ गते धरान उपमहानगरपालिकामा मेयर र वडा नं ७ को अध्यक्ष पदको लाग उपनिर्वाचन हुदैछ । यी दुवै पदमा कसलाई उम्मेदवार बनाउने भनेर राजनीतिक दलहरुभित्र रस्साकस्सी चलिरहेको छ ।

२०७४ सामा स्थानीय तहको निर्वाचन भएपछि एक बर्षमात्र कार्यकाल बिताएलगत्तै धरानका मेयर तारा सुब्बाको निधन भएको थियो । उनी तत्कालिन नेकपा एमालेबाट विजयी भएका थिए । पार्टीहरुले उम्मेदवारको नाम तय गर्न सकस भइरहेको बेला धरानका स्वर्गीय मेयर तारा सुब्बाको परिवारजनले पनि उम्मेदवारीको चाहना व्यक्त गरेका छन् । स्वर्गीय मेयर सुब्बाका दाजु ए.जि.सुब्बा(एन्ड्रियु)ले स्वर्गीय मेयरकी पत्नी इन्दु सुब्बा(राई)ले पनि मेयर पदमा उम्मेदवारी उठ्ने इच्छा प्रकट गरेको जानकारी दिएका छन् ।

Indu-subba-rai

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपाले टिकट दिएको खण्डमा उम्मेदवारीको इच्छा प्रकट गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,'धरान उपमहानगरपालिकाको रिक्त मेयर पदको यहि २०७६मंसिर १४गते शनिबार का दिन निर्बाचनको घोषणा नेपाल सरकार द्वारा भएकोमा सो तोकिएको मेयर पदको उम्मेदवारीको ईच्छा श्रीमती ईन्दु सुब्बा(राई) जो धरानको अति लोकप्रिय मेयर स्व.तारा सुब्बाका पत्नी हुनुहुन्छ (प्रकट गर्नुभएको छ(यदि ने.क.पा.ले टिकट दिईएको खण्डमा ।)'

स्वर्गीय मेयरले स्मार्ट सिटिको भिजनअनुसार शुरु गरेको काम अधुरै छोडेर गएको र त्यो भिजनलाई उनकी पत्नी इन्दुले पुरा गर्ने इच्छा पत्नी इन्दुको रहेको दाजु ए.जि.सुब्बाले उल्लेख गरेका छन् । उनले लेखेका छन्,'प्रिय धराने जनताको सेवागर्ने अवसरको आशावादी (श्रीमती ईन्दु सुब्बा(राई) जय धराने जनता ।' स्वर्गीय मेयर सुब्बाका दाजुले फेसबुकमार्फत मेयर पत्नी इन्दुको मेयर पदमा उम्मेदवार हुने इच्छा भएको घोषणा गरेपनि यसबारेमा मेयर पत्नीको प्रतिक्रिया पाउन भने बाँकी नै छ ।

andrew