धरान  : "हामी पनी नाच्नु पर्छ बिच्चबिचमा " बोलको तिज बिशेष गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ ।

देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ ।

तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो । उक्त गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापाको आलोचनासमेत भइरहेको छ ।