काठमाडौं: हामी पनि नाच्नु पर्छ बीचबीचमा बोलको चर्चित गीतका गायक दुर्गेश थापाले गाएको तिहारको गीत विवादित भएको थियो । उक्त गीतबारे उजुरी परेपछि उनी मंगलबार पक्राउ परेका थिए ।

तिनै गायक थापा विवादित गीत युट्युबबाट हटाउन र सार्वजनिक माफी माग्न सहमत भएपछि छुटेका छन् । उनीविरुद्ध कानुन विपरीत र समाजमा असहिष्णुता फैलाउने गरी गीत गाएको उजुरी परेको थियो । उजुरी पछि उनी पक्राउ परेका थिए । कानून विपरीत रहेको विवादित गीत युट्युवबाट हटाएर सार्वजनिक माफी मागेपछि थापालाई छोडिएको अपराध महाशाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

गायक थापाले तिहार लक्षित गरी ‘हृयाप्पी तिहार, चिसो वियर’ बोलको गीत युट्युवबाट सार्वजनिक गरेका थिए । गीतमा प्रयोग भएका शब्द कानून विपरीत र समाजमा असहिष्णुता फैलाउने खालका भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो ।