धरान: आगामी मंसिर १४ गतेको उपनिर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले औपचारिकरुपमा धरानमा मेयरको उम्मेदवार घोषणा गर्दै चुनावी अभियानमा होमिएको छ ।

नेकपाले सोमबार धरान १५ स्थित चुम्लुङ हिममा उपमहानगर निर्वाचन परिचालन कमिटि तथा उम्मेदवार घोषणा कार्यक्रम गर्दै चुनावी अभियानमा होमिएको हो । कार्यक्रममा नेकपाका सुनसरी जिल्ला सदस्य प्रकाश राईलाई मेयर पदको उम्मेदवारकोरुपमा औपचारिकरुपमा घोषणा गरिएको थियो । केन्द्रमा पठाइएको ४ जना उम्मेदवारका आकांक्षीमध्ये हिजो आइतबार बसेको नेकपाको सचिवालय बैठकले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सचिवालयले उम्मेदवारको टुंगो लगाएलगत्तै आज नेकपाले धरानमा निर्वाचन परिचालन समिति र उम्मेदवारको घोषणा गरेको हो ।

नेकपाको घोषणा कार्यक्रममा अनुगमन तथा सुपरीवेक्षण समिति केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज धर्मराज निरौलाको संयोजकत्वमा ५३ सदस्यीय गठन गरिएको जानकारी दिइएको थियो । यस्तै, प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रमेश बस्नेत संयोजक रहने गरी २१०५ सदस्यीय उपमहानगर निर्वाचन परिचालन समिति गठन गरिएको घोषणा गरिएको थियो । उक्त समितिमा धरान घर भएका सबै जिल्ला सदस्य, नगर र वार्डका सदस्यहरु, जनप्रतिनिधिहरु, साविक एमाले र साविक माओवादीका जनसंगठनका नगर र सोभन्दा माथिका सबै सदस्यहरु समेटिएको निर्वाचन परिचालन समितिका संयोजक बस्नेतले जानकारी दिए ।

prakash

यस्तै, जनपरिचालन उपसमितिको संयोजकमा अशोक राई छन् । उक्त समितिअन्र्तगत ज्येष्ठ नागरिक, महिला, युवा तथा विद्यार्थी, बुद्धिजिवि, मजदुर, जनजाति र दलित, पेशा व्यवसायलगायत विभिन्न क्षेत्रको जिम्मेवारी तोकिएको छ भने स्रोत व्यवस्थापन तथा आर्थिक उपसमिति संयोजक मिनकुमार सुब्बा, प्रचारप्रसार तथा प्रकाशन उपसमिति संयोजक भीम राई ज्वाला, कानुनी पराशर्म उपसमिति संयोजक पदम लिम्बुलाई जिम्मेवारी दिइएको बस्नेतले बताए ।

यस्तै, कार्यालय समन्वयन उपसमितिको जिम्मेवारी धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, राजनीतिक दलहरुसँग अन्तर संवादको जिम्मेवारी इन्द्र राईलाई दिइएको बस्नेतले बताए । नेकपाले मंगलबारदेखि वडास्तरमा चुनाव लक्षित घरदैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यस्तै, वडास्तरीय निर्वाचन परिचालन समिति पनि गठन गर्ने र प्रचार सामग्री उत्पादन गरेर घरदैलो गर्ने संयोजक बस्नेतले बताए ।

कांग्रेसको घरदैलो साविक पाँचकन्यातर्फ

tilak-congress1

आकांक्षी धेरै भएपछि उम्मेदवार छनौटले अलमलिएको नेकपाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभन्दा झण्डै ३ साता ढिलो गरि उम्मेदवार टुंगो लगाएको थियो । नेकपाले उम्मेदार टुंगो लगाउदा कांग्रेसले भने नगर सभापति तिलक राईलाई सर्वसम्मत सिफारिश गरेर तिहार अघि नै वडा नं २० साविक विष्णुपादुका गाविसमा घरदैलो कार्यक्रम गर्दै भोट माग्ने काम सम्पन्न गरिसकेको छ भने वृहत रोड शो कार्यक्रम पनि सम्पन्न गरिसकेको थियो । आज(सोमबार)देखि कांग्रेसले साविक पाँचकन्या गाविस(हाल वडा नं ४)तर्पm घरदैलो अभियान लिएर गइसकेको छ ।

comgress1