पथरी: आन्दोलनमा सहभागी भएर प्रहरीको अश्रृग्याँसबाट घाइते वनेका सोमवहादुर विक उपचार अभावको कारण समस्यामा परेका छन् ।

उपचार गर्न नसक्दा आफ्नो ज्यान नै जोखिममा परेको पीडित बिकको गुनासो छ । आर्थिक अभावले परिवार चलाउन पनि धौ धौ परेको उनले बताए । मोरङ्गको पथरीमा गत वैशाखको पहिलो हप्ता रिना वस्नेत नग्न अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या आशंकय गर्दै स्थानियवासीले आन्दोलन गरेका थिए । स्थानीयबासी सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रिए पछि प्रहरीले वल प्रयोग गरेको थियो । सोही क्रममा उनको खुट्टामा अश्रृंग्याँसको खोका लागेको थियो । त्यहि खोकाले खुट्टामा भएको घाउ अझै निको भएको छैन ।

विकले खुट्टाको चोट निको होला भनेर पथरीका अस्पतालदेखि विराटनगरको नोवल अस्पताल सम्म पुगेर उपचार गरेकय थिए । तर, घाउ निको भएको छैन । आर्थिक अभावको बीचमा उनी उपचारको लागी अस्पताल धाइ नै रहेका छन् । हाल उनी विराटनगरको नोबेल मेडिकल कलेजमा धाइरहेका छन् । एक सुनचाँदी पसलमा दैनिकी ज्यालादारीमा काम गरेर परिवारको गर्जो टार्ने गरेका बिकलाई आफ्नो उपचारको लागि खर्च जुटाउन धौ धौ छ । ‘दैनिक ३ हजार रुपया भन्दा बढीको ‘इन्जेक्सन’ र औषधी प्रयोग गर्दै आएको छु तर पनि खुट्टामा लागेको घाउ निको भएको छैन,’विकले भने,‘आर्थिक अस्वस्था कमजोर भएपछि समस्यामा परेँ ।’

pathari-rina

गत बैशाखमा घाइते भएका उनको त्यसबेला नै एक लाख भन्दा बढी खर्च भएको थियो । घाउकै कारण उनी नियमित काम गर्न पनि सकेका छैनन् । विगतमा एक हजार भन्दा बढी कमाई गर्ने बिक हिजोआज दैनिक २ सय रुपैया भन्दा बढी कमाउन सकेका छैनन् । नोवलका डाक्टरले नियमित औपधी खान र नियमित इन्जेक्सन लगाउन सुझाब दिएका छन्, तर उनीसँग पैसा छैन । आफ्ना २ छोराको पढाइ खर्च जुटाउन पनि उनलाई चुनौती छ ।

पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप राईले उपचारको लागी केही आर्थिक सहयोग गरेका थिए । तर, पथरी उद्योग वाणिज्य संघ पथरीशनिश्चरेकय अध्यक्ष दिपक वस्नेतबाट सहयोग गर्ने भनेर पाएको आश्वसन पुरा नगरेको विकले वताए । घटना भएको ७ महिना बितिसक्दा पनि आन्दोलनको नेतृत्व गर्नेहरु कोही पनि पनि भेटन नआएको उनले गुनासो गरे । अस्पतालमा उपचार गर्न नसके पछि उनले दुःखाइ कम गर्ने औषधी खाएर बसेका छन् । चिकित्सकका अनुसार उनको खुट्टामा रगत जमेको र त्यसको उपचार समयमा गर्न नसके मुटुमा असर पर्नेछ । अश्रृ ग्याँसकै कारण उनमा सो समस्या आएको हो ।