धरान । २२ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको प्रर्वद्धन गर्ने उद्देश्यले आजदेखि प्रबद्र्धन कप शुरु भएको छ ।

धरान फुटबल क्लवको आयोजनामा धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा चौथो सँस्करणको प्रर्वद्धन कप शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गर्दै बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले विजयी शुरुवात गरेको छ । बैकर्स एसोसिएसन धरानलाई १–० गोलको झिनो अन्तरले हराउदै बराहले सेमिफाइनलको यात्रा तय गर्यो । खेलको पहिलो हाफको २५ औं मिनेटमा बराहका अम्बर परियारले निर्णायक गोल गरेका थिए ।

अब बराहले धरान उपमहानगरपालिका र प्याब्सन एन प्याब्सन धरानको विजेता टोलीसंग भिड्नुपर्नेछ । खेलको म्यान अफ दि म्याच बैकर्सका चन्द्र तामाङ घोषित हुदै नगद ५ सय रुपैयाँसहित मेडल थापे । उनलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष सुबास राई, अखिल नेपाल फुटबल संघ –एन्फा) का मानार्थ बरिष्ठ उपाध्यक्ष ततथा धरान फुटबल क्ल्वका अध्यक्ष किशोर राइले नगद तथा मेडल प्रदान गरे ।

budha-subba1

आइतबारको खेल आयोजक धरान फुटबल क्लव र यातायात व्यावसायी संघ धरानबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक रामकृष्ण खड्काले बताए । कार्तिक ३० गतेसम्म हुने प्रबद्र्धन कपको लागि प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ । यसैगरी, व्याक्तिगत पुरस्कारहरु समेत प्रदान गर्ने जनाएको छ । गत वर्षको प्रबद्र्धन कप प्रतियोगिता धरान उपमहानगरपालिकाले जितेको थियो ।