धरान : नेपाल कम्युनिष्ट पाटी (एमाले) सुनसरीका पुर्व सविच एवम् औजार दैनिक धरानका अध्यक्ष मोतीराज सुनुवारले नेपाल कम्युनिष्ट पाटी(नेकपा) को उप निर्वाचन चुनावी म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

शनिबार नेकपा धरानको पार्टी कार्यालयमा सुनुवारको ‘आयो नेकपा आयो, आयो सुर्य आयो’ भन्ने लोकभाकामा आधारित चुनावी म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । चुनावी गीतको पार्टी कार्यालयमा सुनसरी क्षेत्र नम्बर १ का सांसद जय कुमार राईले भिडियोको प्राजेक्टर मार्फत क्लिक गरि सार्वजनिक गरेका थिए । ७ मीनेट लामो उक्त भिडियोमा नेकपालाई सुर्यमा मतदान गरि मेयर पदका उम्मेद्धवार प्रकाश राईलाई विजय गराउन आग्रह गरिएको छ । कार्यक्रममा उम्मेद्वार प्रकाश राई समेत रहेका थिए भने भिडियोमा स्वर्गीय तारा शुब्बाको स्थानीय निकायको चुनावको दृष्य समेत राखिएको छ ।

धरानमा नै छायाँकन गरिएको भिडियोमा अहिले चलिरहेको चुनावी माहोललाई चित्रण गरेको हेर्न पाइन्छ । सुनुवारको शव्द तथा स्वर रहेको छ । सुनुवारलाई प्रिया लामाले स्वरमा साथ दिएकी छन् । भिडियोको निर्देशन नगेन्द्र राईले गरेको छन् भने म्युजिक एरेन्ज मनोज मोतले गरेका छन् । सुनुवारको केही समय अघिमात्रेै ‘बाटोमा भेट भयो साइली’ र सुनमाया म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।