दमक: पापोहाङ् लाओतीहरुको जातीय संस्था पापोहाङ् लाओती सयङ् दमक नगरको अधिवेशन दमक–६, खानेपानीमा सम्पन्न भएको छ ।

अधिवेशनमा सयङ्का केन्द्रीय सह–अध्यक्ष प्रेम पुत्र लाओती, सामाजिक व्यक्तित्व जीत बहादुर लाओती, धिरेन लाओती, ऐमानसिं लाओती लगायत लाओती बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । केन्द्रले जिल्ला, स्थानीय निकाय लगायतका निकायहरुमा अधिवेशन गर्ने निर्देशन दिएसँगै अधिवेशन सम्पन्न गर्नु परेको सयङ्का नगर सचिव विर बहादुर लाओती बेताएका छन् ।

अधिवेशनले हेमेन्द्र लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा राई लाओती, सचिव वीर बहादुर लाओती, सह–सचिव गगन लाओती, कोषाध्यक्ष वनुका वनेम लाओती, सदस्यहरुमा क्रमशः आकाश लाओती, दुवेन्द्र लावती, जंग बहादुर लावती, श्रीमती नमिता लाओती, विमला लाओती र नन्द बहादुर लाओती रहनुभएको छ । कार्यक्रम सचिव वीर बहादुर लाओतीले संचालन गर्नुभएको थियो भने नगर अध्यक्ष गजेन्द्र लाओतीको सभाध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।