इटहरी : इटहरीका दिपेश रिजालको दुर्घटनामा मृत्यु भएको छ ।

नेकपा इटहरीका नगर सदस्य समेत रहेका रिजाल गत शनिबार मोरङको सुन्दरहरैँचा-४ मा मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा सोही दिन सुन्दरहरैँचा-८ का १९ वर्षीय बालकुमार पुरीको मृत्यु भएको थियो भने रिजाल गम्भीर घाईते भएका थिए । घाईते रिजालको बिराट नर्सिङ होमको आइसियुमा राखेर उपचार भईरहेको थियो ।

उनको उपचार त्यहाँ सम्भव नभएपछि भारतको सिलिगुडी लगिएको र त्यहाँको अस्पतालले उनको मृत्यु भएको जनाएको परिवार स्रोतले जनाएको छ । को ९ प ३३०० नम्बरको मोटरसाइकल र को २५ प ९४५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।