सोलुखुम्बु: नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ ।

कार्तिक १८ गते सोलुखुम्बु आई खुम्बु पासाङल्हामु गाउँपालिका ४ मा रहेको चोयु भ्यु लज एण्ड रेष्टुरेण्टमा बास बसेका फ्रान्सेली नागरीक २८ बर्षीय लेक लागेर विरामी भएका थिए । उनको स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा २४ गते राती १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टर द्धारा काठमाण्डौको त्रिवि शिक्षण अस्पताल पठाईएको छ ।