धरान: कार्तिक पुर्णिमाको अवसरमा धरान उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले विदा सम्बन्धी आज एक सुचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय र मातहतको सम्पुर्ण कार्यालयहरु बन्द हुने जानकारी दिएको हो । भोली नगरपालिका र वडा कार्यालयहरु सबै बन्द हुनेछ । कार्तिक पुर्णिमाको दिन बराहक्षेत्र मन्दिरमा भव्य मेला लाग्ने गर्छ । कोकाह र कोशी नदीको संगममा स्नान गर्ने र बराहको दर्शन गर्नेहरुको घुइचो लाग्ने गर्छ । नगर कार्यपालिकाले सुचना मार्फत विदाको कारण सेवाग्राहीहरुलाई असुविधा भएकोप्रति क्षमासमेत मागेको छ ।

nagar