झापा: झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधी छिनोफानो आज हुदैछ ।

उपाधकिा लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सिजनकै पहिलो उपाधि रक्षाको लागि अहिले मैदानमा भिडिरहेका छन् । आफ्नो पहिलो खेलमा पाहुना टोली भारतको मोलवे एफसी असामलाई २–० गोलले पराजित गरेको आर्मीले सेमिफाइनल खेलमा भारतकै आक्रमण एफसी सिक्किममा पराजित गरेको थियो ।

आर्मीले सिक्किमस“ग निर्धारित समय गोलरहित बराबरी खेलेर टाइब्रेकरमा कठिन जीत निकालेर फाइनल यात्रा तय गरेको टोली हो । आर्मीले यस रंगशालामा तीन पटक झापा गोल्डकपको उपाधि जितिसकेको छ भने यो चौथो पटक फाइनल भिडन्त हो । जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेता टोलीले ६ लाख २५ हजार पाउनेछ ।