झापा: भद्रपुर–१० चन्द्रगढीस्थित काली मन्दिर व्यवस्थापन समितिले नेपालको राष्ट्रिय जनवार गाईको संरक्षणका लागि सवै पक्षसँग आव्हान गरेको छ ।

समितिले हिन्दु धर्मको आराध्य गोवंश तथा नेपालको राष्ट्रिय जनवार गाईको चोरी तस्करी अन्त्य गरेर संरक्षणको वातावरण निर्माण गर्न सवैसँग अनुरोध गरेको हो । पछिल्लो पटक झापा प्रहरीले राष्ट्रिय जनवार गाईको तस्करी रोक्न चालेको कदम स्वागत योग्य भन्दै यो अभियान निरन्तर चलाएर गाईको सुरक्षा गर्न समितिले प्रहरी प्रशासनसँग अनुरोध समेत गरेको छ ।