झापा: झापाको सताक्षीधाममा आयोजना हुने धार्मिक महोत्सवमा चाईनिज कुटी निर्माण गरिएको छ ।

हिन्दु धर्मका विदेशी गुरुहरुका लागि ईलामको चुलाचुलीस्थित नेपाली सेनाको २१ नम्बर वाहिनी अड्डाले चाईनिज कुटी निर्माण गरेको हो । सताक्षीधाम धार्मिक महोत्सवमा विदेशबाट आउने पर्यटकका लागि पनि कुटी निर्माण भएका छन् । नेपाली सेनाले चाईनिज टेन्ट कुटी १२ वटा र चाईनिज पाल ३ वटा गरी १५ वटा कुटी निर्माण गरेको छ ।

यो वाहेक जिल्लाका स्थानीय तहका लागि १५ वटा सम्पर्क कुटी निर्माण भएका छन भने अन्य २५ वटा कुटी निर्माण भईसकेका छन । नेपाली सेनाका एक प्राविधिकका अनुसार एउटा कुटीमा ८ जना सम्म अटाउन सकिन्छ । सताक्षी धार्मिक महोत्सवका संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले पुज्य गुरुका शिष्य सहित एउटा कुटीमा मर्यादा मिलाएर ६ जना सम्म राखिने बताउनु भयो ।

sataxi-1