झापा: पाक्न लागेको धान बालिमा किरा लागेर धान मर्न थालेपछि गौरीगंजका किसानहरु चिन्तित बनेका छन् ।

गौरीगंज गाउपालिका वडा नं ३ को ठेकिटोला बस्तीमा किसानहरुले लगाएको रन्जित र सर्ना जातको धानमा भुसुना जस्ता देखिने मसिना किराले धान सखाप पारेको छ । ठेकिटोला गाउमा अहिले सम्म करिब २० बिघा जग्गाको धानबालीमा यो रोगको प्रकोप देखिएको छ । सुरुवाती अबस्थामा धानको फेदमा कालो देखिएको त्यसपछि क्रमस बोट नै मरेको किसानहरुले बताए ।

भुसुना जस्तो किरा धानमा व्यापक रुपमा फैलिएको र एकैरातमा धानको दाना भुस बनाएको ठेकिटोलाका किसान महेन्द्र रिजालले बताए। धानको टुप्पादेखि जरासम्म किरा लागेर दिन दुई गुणा र रात चौगुणा किराको संक्रमण फैलिएर यस क्षेत्रका सबै किसानको धान नष्ट भएपछि किसानहरु निरास भएका छन । किसानहरुले रोगको बिकल्प खोज्दै कृषि ज्ञानकेन्द्र र गौरीगंज गाउपालिकाको कार्यालयमा जानकारी गराएका छन । कृषि ज्ञानकेन्द्र गौरीगंजका प्राविधिक नवराज सुबेदीले धानको अनुगमन गरि फड्के किरा लागेको प्रारम्भिक अनुमान गरेको छ ।