उदयपुर: उदयपुरको ताप्ली गाउँपालिका १ फलाँटेकी ४५ बर्षीया भरिमाया राईको भिरबाट लडेर मृत्यु भएको छ ।

सोमवार दिउँसो पौने ३ बजेको समयमा घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर घाईते भएकी राईलाई उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनि प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।