सुनसरी: सुनसरीको कोशी गाउँपालिका ४ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

बिहान साँढे ९ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स १ झ २६८ नम्बरको गाडीले बिपरीत दिशाबाट आउँदै गरेको को ३० प ५३०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडी सवार पृथ्वीनगर नगरपालिका ४ का २९ बर्षीय दिपेश मुखिया सुनुवार घाईते भएका थिए । उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका १० का ३० बर्षीय योगेस कुमार धिमालको बिराट नर्सिङ होममा उपचार भईरहेको छ । दुर्घटना भएका दुबै सवारी साधन र स १ झ २६८ नम्बरका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।