धरान: बुढासुब्बा गोल्डकपको प्रमोशनकालागि आयोजना गरिएको बुढासुब्बा प्रमोशन कपमा पत्रकारहरुको टिमलाई पराजित गर्दै उद्योग वाणिज्य संघ सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा पत्रकार महासंघ सुनसरीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलमा बराबरी भएपछि खेल सिधै टाइब्रेकरमा पुगेको थियो । उद्योग वाणिज्य संघका तर्फबाट असिम राईले गोल गरी अग्रता दिलाएका थिए । खेलको अन्त्यमा पत्रकारको तर्फबाट सनम लिम्बूले गोल गरी खेललाई बराबरीमा पु¥याएका थिए । टाइब्रेकरमा पत्रकारको तर्mबाट किशोर राईले गोल गरे भने धिरेन लिम्बू, रामकृष्ण खड्का र भोजराज श्रेष्ठको प्रहार विपक्षि गोल किपर सविन राईले बचाएका थिए ।

त्यस्तै उद्योग वाणिज्य संघको तर्फबाट मनिष अधिकारी, उमेश याक्खा र सविन राईले गोल गरेका थिए । मंसिर १९ गतेदेखि हुने २२ औ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको प्रबद्र्धनका निम्ति बुढासुब्बा प्रमोशन कप आयोजना गरिएको हो । कपको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार नगद पुरस्कार जित्नेछन् ।

udyog1