धरान: धरानमा उपनिर्वाचन नजिकिदै गर्दा संघीय समाजवादी पार्टीको २ जना वडा कमिटि अध्यक्ष नेकपा प्रवेश गरेका छन् ।

मंगलबार समाजवादी पार्टीको धरान उपमहानगर कमिटिको सचिवालय सदस्य तथा वडा नं ११ का अध्यक्ष र वडा नं १७ का अध्यक्ष नेकपा प्रवेश गरेका हुन् । मंगलबारे चोकमा आयोजित कार्यक्रममा समाजवादीको नगर कमिटि सचिवलय सदस्य एव ११ नम्वर वडा अध्यक्ष यम (किराँती) राईसहित १४ जना नेकपामा प्रवेश गरेका छन् । उनीसँगै प्रवेश गर्नेहरुमा शारदा राई, गङ्गा परियार, प्रदिप लिम्बु, मोहन राई, दिपेश राई, खेमराज वि.क., समीर थापा, एटम राई, जेवि राई, शिशिर मगर, शुष्मा मगर, भुमिका राई लगायत छन् । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि एवं नेकपाका प्रदेश कमिटि सदस्य तथा नेता आइन्द्रविक्रम वेघाले पार्टी प्रवेश गराएका थिए । वेघाको प्रमुख आतिथ्यता भएको पाटी प्रवेश कार्यक्रमा नेकपा धरानका अध्यक्ष नारायण सुवेदी,सदस्य राजमणि निरौला लगायतका नेताहरुले वधाई तथा शुभकामना दिएका थिए ।

paty-prabesh-dharan-17--mil

त्यसैगरि संघीय समाजवादी कलाकार सांस्कृतिक मञ्च धरानका अध्यक्ष एवम् समाजवादी १७ नम्बर पुर्वअध्यक्ष मिलन राई पनि नेकपामा प्रवेश गरेका छन् । मंगलबार धरान १७ को उम्मेद्धवार चुनावी घरर्दैलो कार्यक्रममा उनीहरु नेकपा प्रवेश गरेका हुन् । साथै पुराना कम्युनिष्ट कार्यकर्र्ता,पोषनाथ गौतमलाई सम्मान गरिएको थियो । पाटी प्रवेश र सम्मान नेकपा नगर सदस्यद्धय मनोज भट्टराई र तारा लाम्गादेले स्वागत सहित गरेका थिए । धरान १७ मा सोमबार देखि नेकपाको घरदैलो अभियान सन्चालन भइरहेको छ ।