धरान: प्रदेश सरकारको आयोजनामा धरानमा हुन लागेको अन्र्तराष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आज विज्ञप्ती जारी गर्दै चलचित्र महोत्सव स्थगित भएको जानकारी दिएको हो । धरान कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म महोत्सव हुने तयारी थियो । तर, मंसिर १४ गते धरानमा मेयर पदको उपनिर्वाचन हुदैछ ।

सोही उपनिर्वाचनको लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागु हुने भएकोले महोत्सव हाललाई स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ । प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जारी गरेको विज्ञप्तीमा चलचित्र महोत्सवको नयाँ मिति पछि अवगत गराइने उल्लेख छ ।