गाईघाट : उदयपुरमा सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको ज्यान गएको छ । कटारी नगरपालिका-११, गोठडाँडाका शंकर राउतको गएराति बन्दुकको छर्राले लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, कटारीका प्रमुख डीएसपी प्रेमसागर केसीले सिकारीले चलाएको भरुवा बन्दुकको छर्राले लागेर राउतको ज्यान गएको जानकारी दिए । गोली कसले चलायो भन्नेबारे केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।

राउतको शव पोष्टमार्टमका लागि अहिले कटारी अस्पतालमा ल्याइएको छ ।