धरान: आगामी मंसिर १४ गतेको धरानको मेयर पद र वडा अध्यक्षको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता शुरु भएको छ ।

धरान १५ स्थित निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता शुरु भएको हो । निमित्त निर्वाचन अधिकृत अजय मिश्रका अनुसार बिहान १० बजेदेखि साढे १ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ । अहिले १० बजेदेखि ११ बजेसम्म साना दल तथा स्वतन्त्र उम्मेदवारलाई मनोनयन दर्ताको समय दिइएको निमित्त अधिकृत मिश्रले जानकारी दिए । ‘बिहान १० बजेदेखि साढे १ बजेसम्म मनोनयन दर्ताको समय छ, अहिले ११ बजेसम्म साना दल र स्वतन्त्रलाई समय दिएका छौं,’उनले भने ।

मिश्रका अनुसार ११ बजेदेखि १२ बजेसम्म नेपाली कांग्रेसलाई मनोनयन दर्ताको समय दिइएको छ भने १२ बजेदेखि १ बजेसम्म नेकपाको उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएको छ । ‘त्यसपछि उम्मेदवार सुची प्रकाशनलगायतको काम गछौं,’उनले भने । धरानमा मेयर र वडा नं ७ को अध्यक्ष पदको लागि मंसिर १४ मा उपनिर्वाचन हुदैछ ।