धरान: बुढासुब्बा गोल्डकपको प्रमोशन कपमा बराह ज्वेलरीलाई पराजित गर्दै धरान उपमहानगरपालिकाका फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा धरान उपमहानगरपालिकाले टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलमा बराबरी भएपछि खेल सिधै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा धरान उमपहानगरपालिकाको तर्फबाट रिकेश लिम्बू, अर्जुन पुरी र सुजन बस्नेतले गोल गरे भने बराहको तर्फबाट टाइब्रेकरमा रोजन विकले गोल गरे । बराहका रुकिन विक, किष्फोटर गुरुङ र पर्वत गुरुङ गोल गर्न असफल भए । बराहका किष्फोटर गुरुङ र नविन विकले टोलीका लागि गोल गरेका थिए ।

त्यस्तै धरानका तर्फबाट सुजन बस्नेत र विनोद मगरले गोल गरे । बिहीबार अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब र उद्योग वाणिज्य संघ सुनसरी खेल्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राइले बताए । प्रबद्र्धधन कप विजेता टिमले ३० हजार नगद र उपविजेता टिमले १५ हजार नगद पुरस्कार जित्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले नगद ५ हजार र विद्यागत उत्कृट खेलाडीलाई जनही २ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा बेष्ट स्ट्राइकर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट मिडफिल्डलाई पुरस्कृत गरिनेछ ।