धरान : विश्व मधुमेह दिवस नोभेम्बर १४ को अवसरमा सामाजिक उत्तर दायित्वका निम्ति चिकित्सक नेपाल बिपिकेआइएचएस धरानले, धरान उपमहानगरपालिकाको वडा न. १७ र ११ को नमुना शुन्दर बस्तिमा शनिबार मधुमेह र उच्च रक्तचाप सम्बन्धि स्क्रीनिङ क्याम्प गरेको छ ।

समुदायमा भएका निम्न वर्गीय, आर्थिक, शैक्षिक तथा स्वास्थ्यको पहुँचबाट पछाडी परेका व्यक्तिहरुलाई मध्यनजर गर्दै उनीहरुको स्वास्थ्य अवस्थालाई उन्नतितर्फ लिने उदेश्यका साथ विभिन्न कार्यक्रमहरु गर्दै आएको बिपिकेआइएचएसले जनाएको छ ।

वरिष्ठ इन्डोक्राइनोलोजिस्ट तथा एडिसनल प्रोफेसर डा.रोबिन मास्केका साथै डा.सन्जय बराल र डा.सन्तोष थापाले बिरामीको सामान्य चेक जाँच गर्नुका साथै पिएसआरएनका स्वयंसेवकहरुले १ सयजना बिरामीको मधुमेह र उच्च रक्तचापको जाँच गरेको हो । साथै रोग लाग्ने कारण, लक्षण, बच्ने उपाय र रोगबाट भावी दिनमा हुने जटिलताको बारेमा परामर्श दिएका छन् । जांचिएका विरामिहरु मध्ये ५ जनालाई मधुमेहको समस्या देखिएको छ भने १० जनालाई उच्च रक्तचाप को समस्या देखिएको छ । उनीहरूलाई पुनः चेकजाँचको लागी बि.पि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान घोपामा पठाएको उक्त संस्थाका सामुदायिक स्वास्थ कार्यक्रम संयोजक शुशिला गौतमले जानकारी दिइन् ।