धरानः पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताकोरूपमा स्थापित नेपालआईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिशन आगामी मंसिर ४ गते धरानको फ्रेण्ड्स गार्डेनमा हुने भएको छ ।

अडिशन अघि धरान, इटहरी लगायतको बिभिन्न कलेजहरुमा समेत मिस पुर्वान्चलको कलेज एक्टिभेशन कार्यक्रम आयोजना गरिने छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा तथा सिजी ब्रुअरीको मुख्य प्रायोजनमा हरेक बर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पुर्बी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्यक्रममा अनलाइन तथा एसएमएसबाट फर्म भरेका तथा अन्य इच्छुकहरुलाइ निशुल्क अडिशनमा सहभागी गराईनेछ । मिस पथरी २०१९ बिजेता रिजु भट्टराई र मिस इटहरी ब्युटी आईकन २०१९ कि बिजेता प्रेजिना नेपाल बिना अडिशन मिस पुर्वान्चल २०१९ मा सहभागी हुनेछन् ।

छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ। मिस पुर्वान्चलको कोरियोग्राफी प्रियारानी लामाले गर्नेछिन् । आगामी पुष ५ गते ग्रान्ड फिनाले गरि मिस पुर्वान्चल २०१९ सहित फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस चार्मिंग , मिस फ्रेन्डशिप, मिस मल्टिमेडिया लगायतका बिभिन्न सब टाइटलको घोषणा गरिनेछ ।

बिजेताले २ लाख या स्कुटी, फर्स्ट रनर अपले १ लाख र सेकेन्ड रनरअपले ५० हजार राशीको पुरस्कार पाउनेछन् भने सबटाइटल बिजेताले १५ हजार पुरस्कार स्वरुप पाउनेछन् । पुरस्कारहरुमा केही थप पनि हुने र दसौ संस्करणलाई भब्यरुपमा आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।