धरान: विश्व मधुमेह महिनाकोरूपमा मनाईने नोभेम्बरमा आईतबार लियो कल्ब अफ धरान विजयपुरले जनचेतानामूलक साईकल र्याली गरेको छ ।

लायन्स क्लब अफ धरान विजयपुरको मुख्य सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन डिष्ट्रिक्ट ३ २५ ए वान का युथ चिफ लायन टंक कुमारी गुरूङले गरेकी थिइन् । जनसमुदायलाई मधुमेह मुक्त रहन र शारीरिक व्यायम, खानपान र नियमित स्वास्थ्य जाँचमा ध्यान दिनुपर्ने सन्देश कार्यक्रमले दिएको उनले बताइन् । साईकलको प्रयोगले स्वास्थ रहन मद्दत पुग्ने साथै ईन्धनको वचत र वातावरणको संरक्षणमा पनि टेवा पुग्ने लायन्स क्लबका प्रेसिडेन्ट लायन सुजता श्रेष्ठले बताइन् ।

IMG_8598

लियो क्लबका प्रेसिडेन्ट लियो विज्ञान तामाङको नेतृत्वमा सञ्चालित साईकल यात्रा भानुचोक हुँदै धरानको एक परिक्रमा गरेर सोह ठाउँमा पुगेर टुंगिएको थियो । यस्तो कार्यक्रम भविष्यमा अझ प्रभावकारी हुँदै जाने क्लवका सेक्रेटरी आदर्श खतिवडाले बताए । लियो डिष्ट्रिक्ट ३ २ ५ ए वान का चियरपर्सन लियो बद्रि कार्कीसहित अन्य १३ जना लियो लिडरहरूको सहभागिता रहेको थियो । यसअघि नोभेम्बर १४ को दिन धरान १४ मा मधुमेह क्याम्प आयोजना गरेको थियो ।