ग्रिन टी पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको छ । स्वस्थ रहनका लागि मानिसहरू यसको प्रयोग गर्छन् । इलाम लगायत केही जिल्लामा ग्रिन टीको व्यावसायिक खेती हुने गरेको छ । चियाको बोटका नयाँ मुनाबाट प्रशोधन नगरी ग्रिन टी तयार पारिन्छ :

१, ग्रिन टीले मानिसको आँखाको ज्योति बढाउन मद्दत गर्छ ।
२, एकैपटक धेरै ग्रिन टीको प्रयोग पनि फाइदाजनक मानिँदैन । एक स्वस्थ व्यक्तिले दिनमा पाँचदेखि ६ कप ग्रिन टी पिउन सक्छन् । शरीर पातलो भएका व्यक्तिले दिनमा दुई कप प्रयोग गर्नु उपयुक्त हुन्छ ।
३, मानिसमा देखिने बुढोपनालाई पनि ग्रिन टीको नियमित प्रयोगले केही हदसम्म कम गर्छ ।
४, यसले अल्जाइमर रोग लाग्नबाट बचाउँछ ।
५, ग्रिन टीको नियमित सेवन गर्ने मानिसको दाँतमा किरा लाग्दैन । गिजामा हुने विभिन्न संक्रमण पनि रोकिन्छ ।
६, ग्रिन टीले मस्तिष्कलाई स्वस्थ बनाउँछ । यसको प्रयोगले छाला र शरीरका अन्य भागमा क्यान्सर हुने सम्भावना कम गर्छ ।
७, ग्रिन टीको नियमित प्रयोगले मोटोपन घटाउँछ ।
८, ग्रिन टीको सेवनले उच्च रक्तचाप र मधुमेह घटाउन सकिने चिकित्सकहरू बताउँछन् ।
९, ग्रिन टीको प्रयोगले मानिसको शरीरमा भएको कोलेस्ट्रोलको मात्रा घटाउँछ र मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गराउन मद्दत गर्छ ।
१०, दिनभरको थकान, अचानक आइपर्ने मानसिक तनाव कम गर्न पनि ग्रिन टीको प्रयोग उत्तम मानिन्छ ।
-फूलमाया लिम्बू, व्यवसायी, अनामनगर