इटहरी : इटहरीमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । इटहरी-४ को बुढिखोलाको किनारमा सोमबार सडिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरीका अनुसार अन्दाजी २५-३० वर्षकी महिलाको खोलाको छेउमा कासघारिमा रहेको उक्त शवको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानियले शव देखेपछी इलाका प्रहरी कार्यालय इटहरीलाइ खबर गरेका थिए । खबर लगत्तै प्रहरी घटना स्थलमा पुगी अनुसन्धान सुरु गरेको छ ।