झापा: झापाको भद्रपुर नगरपालिका ५ मा तास खेलिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आईतवार राती ११ बजेको समयमा भद्रपुर नगरपालिका ५ मा रहेको पुल हाउसमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले तासको खालबाट नगद २ लाख २६ हजार ५ सय ४२ रुपैया, एक बुङ तास र १६ थान मोवाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले तास खेलिरहेका भद्रपुरकै संजित घोस, बिजय साह, देबेन्द्र राजबशी, कृष्ण अग्रवाल, सागर खड्का, बलदेव राजबशी, अमरदिप घोस, राजिप सहनी, रुपेश झा, रवी राजबशी, अनुज दास, गणेश सिह, कबिर क्षेत्री, शिव महतो, संजिप साह, श्रवण कामती र बुद्ध नारायण महतोलाई पक्राउ गरेको हो ।