धरान : पाथिभरा जब लिंक प्रालिले आफनो कार्यक्षेत्र बिस्तार गर्ने क्रममा सुनसरीको धरानबाट पनि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जब लिंकले सोमबार धरानमा एक कार्यक्रमका बिच उक्त कार्यालयको सुभारम्भ गरेको हो । इटहरीमा मुख्य कार्यालय रहेको प्रालिे सेवा बिस्तार गर्ने क्रममा धरानमा कार्यालय स्थापना गरेको प्रालिका प्रबन्ध निर्देषक एवम अध्यक्ष पवन अधिकारीले बताए । उक्त कार्याक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका नि बर्तमान अध्यक्ष केशब घिमिरे, महासंघका उपाध्यक्ष सन्तोष काफले लगायतले बोलेका थिए । उक्त कार्यक्रममा जव लिंकका धरान प्रमुख प्रकाश लकान्द्रीले धरानमा जब लिंक खोलिए संगै बेरोजगारी समस्या समाधानका लागि कोशेढुगा साबित हुने बताए ।

ttt

उनले धरानमा क्षेत्रमा रहेको बिभिन्न संघ सस्थाहरुलाई जब लिंकको स्थापना पश्चात कर्मचारी ब्यावस्थापनको समस्याबाट उन्मुक्ती पाउने बिश्वास समेत गरेका छन । जव लिंकले कर्मचारीलाई रोजगार प्रदान गरेपछि ५ लाखको निशुल्क दुर्घटना बिमा समेत गरिदिने गरेको कारण पनि पछिल्लो समयमा यस प्रति क्रेज बढदै गएको देखिन्छ । इटहरीमा मुख्य कार्यालय रहेपनि यहाबाट प्रदेश नम्बर १ का सुनसरी, मोरगं, झापा, इलाम, भोजपुर, धनकुटा, संखुवाभसा लगायत २ नम्बर पं्रदेशको जनकपुरसम्म पनि आफनो सेवा प्रदान गर्दे आएको जनाएको छ ।