इटहरी :  सुजुकी कम्पनिको बहुपक्षीत नँया मिनि एसयुभि एस प्रेसो गाडी सार्वजानिक गरीएको छ ।

आइतवार इटहरीमा एक औपचारीक कार्यक्रममा बजारमा उच्च माग रहेको सो कार सुरेन्द्र बहादुर बुढाथोकी र प्रबेश बस्नेतले सार्बजनिक गरेका थिए । गाडी सुनसरीको इटहरीमा आधिकारिक विक्रेता एप्सुलुट अटो बाट पनि बिक्रि हुने भएको छ । पछिल्लो समय बढदो सहरीकरणका कारण गाडिको बिक्रि निकै बृद्धि हुदै गएको छ । सुजुकीले ल्याएको नयाँ एस प्रेसोमा करिब १० वटा भन्दा बढि सुरक्षाको फिचरहरु रहेको जनाईएको छ ।

expresso-2

‘बीएस ६ कम्प्लाइन्ट’ १.० लिटरको ‘के टेन’ इन्जिनजडित ‘एस-प्रेसो’ले २१.७ केएमपीएल सम्म माइलेज दिने जानकारी गराईएको छ भने यो गाडी ४० प्रतिशत लचिलो स्टिलबाट निमार्ण गरिएको छ । एसको लम्बाई ३५६५ एमएम रहेको छ भने उचाई १५६४ एमएम रहेको छ । ‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमा म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन ‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’ वा अन्य कुनै ‘स्मार्टप्ले स्टुडियो एक्प कम्पेटिबल’ र।हको एप्सुलुट अटोका प्रवन्धक प्रवेश बस्नेतले जानकारी दिए