इटहरी : तरहरामा अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ ।

युनाइटेड प्राइभेट स्कुल (युपियस) इटहरीले बुधबारबाट तरहराको पूर्वाञ्चल बोर्डिङ स्कुलमा आयोजना गर्न लागेको प्रतियोगितामा इटहरी १, २, १९ र २० नम्बर वडाका १२ वटा विद्यालयका विद्यार्थी सहभागी हुने कार्यक्रम संयोजक पूर्वाञ्चल बोर्डिङ स्कुलका प्रिन्सिपल सौधन राईले जानकारी दिए ।

युपियसका सचिव सन्तोष कटवालका अनुसार छात्र र छात्रातर्फ प्रतियोगिता गराईने र छात्रतर्फ ११ वटा टिम रहेको साथै छात्रातर्फ ८ वटा टिम सहभागी रहने जानकारी दिए । युपियसको यो कार्यक्रम तेस्रो संस्करण हो । यसअघि गत बर्ष तरहराको हिमशिखर स्कुलमा प्रतियोगिता आयोजना गरिएको थियो भने सुरुवातको बर्ष यहाँको ज्ञानदर्पण एकेडेमीमा कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष रमेशबहादुर कार्कीले बताए । खेलको बिजेताले ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ ।