सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ८ सुक्रबारे कोशी बाधमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

आज दिउँसो १ बजे बराहक्षेत्र नगरपालिका ६ नयाँ बस्तीका सुर्यनारायण मण्डलले को २ त ५०२७ नम्बरको ट्याक्टर सुक्रबारेतर्फ जोत्न लैजादै गर्दा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर चेपीएको अवस्थामा आफन्तले देख्नासाथ उद्दार गरी उपचारको लागी बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उनको उपचारको क्रममा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।