इटहरी: अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले कार्यवाहक वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिका १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार शाहलाई मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीले साहलाई पक्राउ गरेको प्रबक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार उनले सडक मर्मत गर्ने क्रममा नगद २१ हजार रुपैँया घुस मागेका थिए । 'सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा उनले २१ हजार रुपैँया घुस मागेका रहेछन्,'ढकालले भने ।