धरान: धरान १६ मा रहेको गणेशमान सिंहको शालिकमा गएर नेपाली कांग्रेसका मेयर उम्मेदवार तिलक राईले माल्र्यापण गरेका छन् ।

कांग्रेसका संस्थाक एवं लौह पुरुष सिंहको शालिकमा राईले मंगलबार बिहान सद्भाव तथा सम्मान अर्पण गर्दै माल्र्यापण गरेका हुन् । कांग्रेस धरान सभापति समेत रहेका राई दोस्रो पटक धरानको मेयर पदमा उम्मेदवार छन् । निष्ठाको राजनीति गरेका उम्मेदवार राई अहिले चुनावी घरदैलो अभियानमा ब्यस्त छन् ।

ब्यस्तताको बाबजुद पनि उनले मंगलबार समय निकालेर पार्टीका संस्थापक नेताको सालिकमा पुगेर माल्र्यापण गरेका हुन् । भ्रष्टचार मुक्त धरान बनाउने एजेण्डा बाकेर चुनावी मैदानमा उत्रिएका राई कांग्रेसको पक्षमा जनलहर देखिएकोले आफ्नो जित हुने दाबी गरिरहेका छन् ।

Ganesh-man-sanga-tilak--(1)