धरान: पुर्वएमालेको भातृ संगठन युवा संघ नेपालको तत्कालिन धरान १६ वडा कमिटिका अध्यक्ष गौतम खालिङसहित ५५ भन्दा बढी स्थानीयहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसका मेयर पदका उम्मेदवार तिलक राईको घरदैलौ कार्यक्रमको क्रममा मंगलबार गणेशमान चोकमा आोजित कोणसभामा उनीहरु पार्टी प्रवेश गरेका हुन् । युवा खालिङ्गको नेनृत्वमा मानबहादुर राई, राजु चौधरी, राजन राई, सुमित राई, भिक्षण राई, किरण बराइलीलगायत ५५ जना पार्टी प्रवेश गरेको कांग्रेस वडा नं १६ का सचिव बिजय घिमिरेले जानकारी दिए ।

कोण सभामा प्रदेश सांदस चन्द्र प्रसाद श्रेठ, उम्ेमद्वार तिलक राई, प्रतिनिधिसभा सांसद मिना सुब्बा, पुर्व सांसद हरिनाथ बास्तोला, क्षेत्रिय सभापति सुरेशमान श्रेष्ठ, सचिब मुरारी भट्टराईलगायतले नवप्रवेशीहरुलाई अविर र मालालगाएर स्वागत गरेका थिए । उम्मेद्वार राईले धरानको समृद्धिका लागि आफु काम गर्न तयार रहेको बताए । धराने जनताको सारथी हुने चाहनाले नै आफुले मेयरको उम्मेद्वारी दिएकोले एक पटक धरानको लागि काम गर्ने मौका दिन उनले आग्रह गरे । नेकपाको अदुरदर्शी निर्यणका कारण पुनःनिवार्चनमा जानु परेको पनि उनले बताए । उनले भष्ट्रचारबाट लिप्त नेकपाको सरकारलाई कारवाही स्वरुप परिवर्तनको पक्षमा मत हाल्न पनि आग्रह गरे ।

पटनालीमा पनि नेकपा त्यागेर कांग्रेस प्रवेश

con1

धरान–१७ पटनालीमा नेकपासहित विभिन्न पार्टी परित्याग गरि ३० जना कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसको चुनाबी प्रचारप्रसार अन्तरगत सोमवार आयोजित कोणसभामा भोला तामाङ, चित्रकुमार राई, अनिलकुमार राई (रबिन), सप्तमान राई, मेनुका राई, सबिना राईलगायत प्रबेश गरेकय हुन् । नवप्रवेशी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बिश्बकर्माले फुलमाला र अबिर लगाएर प्रवेश गराएका थिए ।