इटहरी: तरहरामा रहेको क्यानभास साहित्य समाजले कवि हेमन यात्री र रोशन परियारको कविता वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी शनिबार ७ गते इटहरी २ बरगाछीस्थित संगीत साधना प्रतिष्ठानको सभाहलमा कविहरु हेमन र रोशनको कविता वाचन कार्यक्रमको आयोजना गर्न लागिएको क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले जानकारी दिए । उनका अनुसार कविहरुले एक–एक दर्जन कविता सुनाउँनेछन् ।

क्यानभासले २०७२ सालदेखि तरहरामा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ । साहित्यको माध्यमबाट तरहरालाई चिनाउँनका लागि र नव प्रतिभालाई पनि प्रोत्साहन गर्नका लागि विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको संस्थाका सचिव विवेक विवश रेग्मीले बताए ।